सिमरा खानेपानी निर्वाचनः अध्यक्षमा ६ जनाको उम्मेदवारी (सबै उम्मेदवारको सूचीसहित)

सिमराः सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आगामी निर्वाचनका लागि ६ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यतालिका अनुसार मंगलबार ६ जनाले मनोनयन दर्ता गराएका हुन् ।
अध्यक्षमा उम्मेदवारी दिनेमा पूर्णचन्द्र तिमिल्सिना, शशीकुमार गौतम, राजकुमार भट्टराई, प्रकाशबहादुर खुलाल, युवराज न्यौपाने र रामचन्द्र न्यौपाने रहेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मनोनयन दर्ता गराउनेमा निर्मला केसी, झंकनाथ लामिछाने, मिठुमाया थिङ, हरिप्रसाद सिंखडा, तिर्थबहादुर अधिकारी (मनोज) रहेका छन् ।
सचिवमा पनि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा उम्मेदवारी दिनेमा लोकराज पौडेल (मधु), मुस्तफा अंसारी, अमृत बस्याल, राजेन्द्रकुमार सुवेदी, रिता कंडेल, सरस्वती अधिकारी रहेका छन् ।
सहसचिवमा मुमनाथ शर्मा, कृष्णकुमार रिमाल, होमबहादुर रकाल, कर्णबहादुर खड्का र गणेशबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ । यता कोषाध्यक्ष पदमा पनि ६ जनाले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्ष पदमा उम्मेदवारी दिनेमा रामकुमार अर्याल, रामकुमार भट्टराई, चम्पा पाख्रीन, सुशिला कार्की, राजुप्रसाद उपाध्याय र राजुप्रसाद खरेल रहेका छन् ।
यसैगरी महिला सदस्य पदमा शान्ताकुमारी बजगाईं (रिना), सरिता अर्याल, हिरादेवी चौधरी, पुनमकुमारी रिजाल, तारा रेग्मी भट्टराई, दिलमाया तामाङनी, रमावती देवी महतो, प्रमिला श्रेष्ठ र विष्णुकुमारी चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रियाबाट दुई जना महिला सदस्य निर्वाचित हुनेछन् ।
खुल्ला सदस्य पदमा १८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा राजेश उप्रेती, सुमन बिसुराल, सचिन श्रेष्ठ, राजु पौडेल, नरेन्द्रकुमार झा, बोधराज थपलिया, कमल कार्की, कल्पनाकुमारी क्षेत्री, श्याप्रसाद सिलवाल, लोकबहादुर पोखरेल, रामप्रसाद ढकाल, जागेश्वर पौडेल, कृष्णकुमारी श्रेष्ठ, अख्तर अलि अंसारी, आनन्दबहादुर मगर, सूर्यसिंह क्षेत्री, शिवनारायण ठाकुर र प्रधुम्न प्रसाद रहेका छन् । निर्वाचनबाट चार जना खुल्ला सदस्य निर्वाचित हुनेछन् ।
प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीका अनुसार ११ सदस्यीय कार्यसमितिका लागि ५६ जनाको उम्मेदवारी परेको हो । मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली दावीविरोध प्रक्रियापछि सार्वजनिक गरिनेछ ।





