परवानीपुरमा एमालेको मोटरसाइकल र्याली

सिमराः नेकपा एमाले परवानीपुर गाउँ कमिटीले मंगलबार परवानीपुरमा मोटरसाइकल र्याली निकालेको छ । एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत परवानीपुरमा र्याली निकालिएको हो ।
परवानीपुर गाउँ कमिटीको नेतृत्वमा आयोजित कार्यक्रमलाई एमाले प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं. ४(२) इन्चार्ज मोविन आलमलगायतका नेताले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य उमेश गुप्ता तथा परवानीपुर इन्चार्ज, अमर यादव, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मी, क्षेत्रीय अध्यक्ष ध्रुव यादवसहित परवानीपुर गाउँपालिकाका विभिन्न तहमा रहेका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।
परवानीपुर गाउँ कमिटी अध्यक्ष राम यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





