वीरगन्जमा महिलामाथि चक्कु प्रहार, एक महिला पक्राउ

वीरगन्ज: वीरगन्ज महानगरपालिका १ चित्रगुप्त टोलमा बुधबार एक महिलामाथि चक्कु प्रहार भएको छ।
चक्कु प्रहारबाट ४२ वर्षीया नुतनकुमारी कर्ण घाइते भएकी छन्। घटनामा घाइते भएकी नुतनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
नुतनमाथि वीरगन्ज १ चित्रगुप्त टोलमा बस्दै आएकी २५ वर्षीया खुशीकुमारी बर्णवालले चक्कु प्रहार गरेकी हुन्। खुशी कुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





