जीतपुरसिमरा १८ लामिडाँडास्थित घरबाट लागूऔषध बरामद, एक महिला नियन्त्रणमा


eShilalekh

२६ कार्तिक २०८२, बुधबार २०:०९

सिमराः प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ लामिडाँडास्थित एक घरबाट लागूऔषध बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा र सशस्त्र प्रहरी बल १२ नम्बर हेडक्वाटर अन्तर्गतको प्रहरी टोलीले लामिडाँडास्थित पाम लामाको घरबाट लागूऔषध बरामद गरेको हो ।

प्रहरीका अनुसार लामाको घरबाट ६ किलो पाँच सय ग्राम गाँजा र ५६ पत्ता विभिन्न लागूऔषध ट्याब्लेट बरामद गरेको हो । प्रहरीले लागूऔषधसहित ४० वर्षीय माईली थिङलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्