साहिब दरबार वीरगञ्जको पहलमा निःशुल्क मोतियाविन्दु शल्यक्रिया


eShilalekh

३० कार्तिक २०८२, आईतवार १३:४४

वीरगञ्ज: वीरगञ्जमा शनिबार मोतियाविन्दु पीडित बिरामीहरूको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

साहिब दरबार वीरगञ्जको पहल तथा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्यमा महानगरपालिका वडा नं. २, १६ र २८ का मोतियाविन्दु पीडित नागरिकको शल्यक्रिया गरिएको हो।

शनिबार शल्यक्रिया गरिएका ती बिरामीहरूलाई आइतबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले घरतर्फ विदाइ गरेका छन्।

विदाइ कार्यक्रममा प्रमुख सिंहले साहिब दरबार वीरगञ्जले दीर्घकालदेखि सामाजिक सेवामुखी कार्य गर्दै आएको उल्लेख गर्दै, यस प्रकारका स्वास्थ्य सहजीकरण कार्यक्रमबाट स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भइरहेको बताए।

मोतियाविन्दुबाट प्रभावित नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले विशेष गरी विपन्न तथा उपचार पहुँचविहीन नागरिकलाई राहत पु–याएको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्