सिरहामा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सिरहाः सिरहा प्रहरीले शनिबार साँझ लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका ७ चक्रदहका २१ वर्षीय विक्रान्त चौधरी र सिराहाको लहान नगरपालिका १ मटिहरवाका २६ वर्षीय शीतल चौधरी रहेका छन् ।
नवराजपुर गाउँपालिका ४ नवराजपुर स्थित इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको स१०प ७८६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा ब्राउन सुगर फेला परेको हो ।
बरामद लागूऔषध प्लास्टिक सहित तौल गर्दा १.६ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक रमेश बहादुर पालले जानकारी दिए ।
बरामद लागूऔषधसहित पक्राउ दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






