बारामा श्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक जना पक्राउ


eShilalekh

३ मंसिर २०८२, बुधबार १७:४२

सिमराः सशस्त्र प्रहरीले बारामा श्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक सन्दिप केसीको नेतृत्वमा खटिएको टोलीले बिश्रामपुर गाउँपालिका ४ बलिरामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट १० लाख ८० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्याक्तिको नाम सशस्त्र प्रहरीले खुलाएको छैन ।

भारतबाट नेपालतर्फ आउदै गरेको लु४प ६४६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको सिटभित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्