प्रहरीसंगको झडपमा चार जना युवा घाइते


eShilalekh

४ मंसिर २०८२, बिहीबार १४:१३

सिमराः सिमरामा प्रहरी र जेनजीबीच बिहीबार दिउँसो भएको झडपमा चार जना युवा घाइते भएका छन् । घाइतेहरुको सिमरास्थित अस्पतालमा उपचार भईरहेको जेनजी युवा कपिल खरेलले जानकारी दिएका छन् ।

आफूहरुमाथि कुटपिट गर्नेलाई पक्राउ गर्न माग राख्दै जेनजी युवाले सिमरामा बिहान ११ बजेदेखि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा राजमार्ग खुलाउन पुगेको प्रहरी र जेनजी युवाबीच झडप भएको हो ।

झडपपछि प्रहरी पछाडि हटेको छ । प्रहरीलाई जेनजी युवाले लेखेटेका थिए । झडपपछि युवाले राजमार्गमा प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका कारण सिमरा चोकमा यातायात अवरुद्ध छ ।

सिमरा चोकमा बुधवार बिहान प्रदर्शनमा उत्रिएका जेनजी युवालाई राष्ट्रिय युवा संघका कार्यकर्ताले कुटपिट गरेका थिए । कुटपिटका क्रममा जेनजीका केही युवा घाइते समेत भएका थिए ।

घटनापछि कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्न माग राख्दै जेनजी युवाले प्रदर्शन गरिरहेका छन् । उनिहरुले सात जनाविरुद्ध प्रहरीमा जाहेरी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्