झडपपछि प्रशासनले लगायो सिमरा क्षेत्रमा कर्फ्यु

सिमराः जेनजी युवा र प्रहरीबीचको झडपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । थप झडप हुन नदिन र स्थिति नियन्त्रणमा लिन प्रहरी कर्फ्यु आदेश जारी गरेको हो ।
प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म सिमरा–जीतपुर सडकखण्ड र सिमरा विमानस्थलको पाँच सय मिटर वरपरको क्षेत्रमा कर्फ्यु लगाएको हो ।
प्रशासनले कर्फ्यु लगाएपनि जेनजी युवाले भने प्रदर्शन जारी राखेका छन् ।





