नेकपा एमाले: जीतपुरसिमरा १८ मा खतिवडासहित सबै सर्वसम्मत्


eShilalekh

५ बैशाख २०७९, सोमबार २१:०३

सिमरा: नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा बसन्त खतिवडालाई वडाध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरेको छ ।

उम्मेदवार चयन गर्न सोमबार बसेको बैठकले खतिवडालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वडाध्यक्षका लागि खतिवडा र नवराज बस्नेतले आकांक्षा देखाएका थिए । आकांक्षीमध्ये बस्नेतले खतिवडालाई समर्थन गरेपछि सर्वसम्मत् चयन गरिएको हो ।

अघिल्लो स्थानिय तहको निर्वाचनमा उक्त वडामा एमालेका उम्मेदवार अर्जुनप्रसाद दाहाल निर्वाचित भएका थिए । दाहालले नदोहोर्‍याउने भएपछि खतिवडा र बस्नेतले दावी प्रस्तुत गरेका थिए ।

यसैगरी बैठकले खुल्ला सदस्यमा धर्मेन्द्र पटेल र रमेश लामा, महिला सदस्यमा कमला न्यौपाने, दलित महिला सदस्यमा चिन्तादेवी माझीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । न्यौपाने र माझी अघिल्लो स्थानिय तहको निर्वाचनबाट सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् ।

सर्वसम्मत् भएसंगै वडाको सिफारिसका आधारमा उनिहरुलाई जिल्ला कमिटीले उम्मेदवार भएको घोषणा गर्नेछ ।

जीतपुरसिमरा १८ मा एमालेबाट सर्वसम्मत् उम्मेदवार
वडाध्यक्षः बसन्त खतिवडा
खुल्ला सदस्यः धर्मेन्द्र पटेल
खुल्ला सदस्यः रमेश लामा
महिला सदस्यः कमला न्यौपाने
दलित महिला सदस्यः चिन्तादेवी माझी

प्रतिक्रिया दिनुहोस्