पर्सामा भन्सार छलिका १० लाख बराबरको कपडासहित एक जना पक्राउ

वीरगन्जः पर्साको जिराभवानी गाउँपालिका १ बलुवाबाट प्रहरीले भन्सार छलीका लाखौ मूल्य बराबरको कपडासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १७ का २५ वर्षीय दिप्रन्द्र साह रहेका छन् ।
प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले बलुवा टोलस्थित कासघारी र धानबारीबाट १२ पोका कपडासहित साहलाई पक्राउ गरेको हो ।
बरामद कपडाको अन्दाजी मूल्य १० लाख बराबर रहेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जनाएका छन् ।
प्रहरीका अनुसार कपडासहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउने कार्य भईरहेको छ ।







