जेनजी युवामाथि कुटपिटमा संलग्न अरविन्द साह पक्राउ

सिमरा: बारा प्रहरीले सिमरामा जेनजी युवामाथी भएको कुटपिटमा संलग्न अरविन्द साहलाई पक्राउ गरेको छ । प्रहरीले जीतपुरसिमरा २ का साहलाई बिहीवार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए। साहले बुधबार बिहान सिमरामा जेनजी युवामाथी कुटपिट गरेका थिए ।
उक्त कुटपिटको घटनापछी सिमरा दुईदिनदेखि तनावपूर्ण छ । कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै जेनजी युवाले बुधबारदेखि प्रदर्शन गरिरहेका छन् ।





