नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार आशुकुमारलाई प्रदान गरिने


eShilalekh

११ मंसिर २०८२, बिहीबार २१:५४

सिमरा: स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार आशुकुमार सर्राफलाई प्रदान गर्ने निर्णय भएको छ। समाजवादी प्रेस संगठन नेपाल पर्साले गठन गरेको पुरस्कार छनोट समितिको बिहीबार बसेको बैठकले वीरगन्जस्थित यात्रा डेलीका डेस्क सम्पादक सर्राफलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि २१ हजार रुपैयाँ रहेको छ। पत्रकार सर्राफलाई मंसिर १५ गते वीरगन्जमा आयोजना हुने सर्राफको तेस्रो स्मृति सभामा पुरस्कृत गरिने समितिका संयोजक तथा संगठनका अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए।

अघिल्लो वर्ष वीरगञ्जका पत्रकार मनोज पटेल सम्मानित भएका थिए । सुमनको अध्यक्षतामा बसेको बैठकमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव ब्रिजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, सदस्य हरिशंकर शर्मा, विनोद पटेल, सन्तोष साह र मनिषाकुमारी साहलगायत उपस्थित थिए।

समाजवादी प्रेस संगठन पर्सा शाखाका कार्यसमिति सदस्यसमेत रहेका पत्रकार सर्राफको २०७९ मंसिर १५ गते हृदयाघातका कारण निधन भएको थियो। संगठनले उनको स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो।

प्रतिक्रिया दिनुहोस्