नाबालिका छोरीको विवाह गराउन खोज्ने बाबुसहित चिनियाँ नागरिक पक्राउ


eShilalekh

११ मंसिर २०८२, बिहीबार २२:०७

सिमरा: नाबालिका छोरीको चिनियाँ नागरिकसँग विवाह गराइदिएको आरोपमा बारा प्रहरीले बुधबार राति बाबुसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले करैयामाई गाउँपालिका १ हरैयाका ४४ वर्षीय जाकिर हुसेन देवानले आफ्नी उमेर नपुगेकी छोरीको विवाह गराइरहेको जानकारी पाएपछि पुगेको प्रहरीले उनीसहित चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने चिनियाँ नागरिक चीनको गान्सु प्रान्त स्थायी घर भएका २२ वर्षीय न्यु युविन छन्। उनको राहदानी नम्बर ई क्यु ३८७७४०४ रहेको र उनी पर्यटक भिसामा नेपाल आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्