मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, प्रदेश प्रमुखले मागे दाबी


eShilalekh

१७ मंसिर २०८२, बुधबार १८:१९

जनकपुरधाम: मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा स्वीकृत भएपछि संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

मुख्यमन्त्री यादवले बुधबार मधेश प्रदेशसभामा सम्बोधन गर्दै आफ्नो पदबाट राजीनामा घोषणा गरेका थिए। राजीनामा प्रदेशसभामा सार्वजनिक रूपमा प्रस्तुत गरेपछि उनले प्रदेश प्रमुख लाभसमक्ष पत्र बुझाएका थिए। प्रदेश प्रमुखले उक्त राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि संविधानिक प्रक्रिया सुरु गरेका हुन्।

प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यले १९ गते साँझ ५:०० बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्