एकता अन्तरविद्यालय महिला भलिबलमा आज सेमिफाइनलका खेल हुँदै

सिमरा: सिमरामा जारी एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलका खेल हुनेछन् ।
प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा एकता स्कुलले होली गार्डेन इङ्लिस स्कुलसंग खेल्नेछ भने सेन्ट जोन्स स्कुल पाथीभरा इङ्लिस स्कुलसंग भिड्नेछ ।
यसअघि बिहीबार भएको खेलमा आयोजक एकता र सेन्ट जोन्स सेमिफाइनलमा प्रवेश गरेको थियो ।
पहिलो क्वाटरफाइनल खेलमा एकताले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई २-१ को सेटमा पराजित गरेको हो । खेलको `प्लेयर अफ दि म्याच´ विभूतिकी करुणा बछार घोषित भएकी थिइन् ।
यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा सेन्ट जोन्सले सिमरा पब्लिक इङ्लिस स्कुललाई २-१ को सेटमा पराजित गरेको हो । खेलको` प्लेयर अफ दि म्याच´ सेन्ट जोन्सकी प्रशंसा पौडेल घोषित भएकी थिइन् ।





