मधेश प्रदेशमा कांग्रेसका यादव मुख्यमन्त्री नियुक्त

जनकपुरधामः सात दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपाल संविधानको धारा १६८ को उपधारा २ अनुसार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकोमा यादवले बहुमत समर्थनसहित दाबी प्रस्तुत गरेका थिए।
कांग्रेसले मधेश प्रदेशमा पहिलोपटक मुख्यमन्त्री पद हात पारेको हो।





