एकता महिला भलिबलः उपाधिका लागि आयोजक र सेन्ट जोन्स स्कुल भिड्ने


eShilalekh

१९ मंसिर २०८२, शुक्रबार १९:५४

सिमराः तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक एकता स्कुल र सेन्ट जोन्स स्कुल भिड्ने भएका छन् ।

सिमरामा शुक्रबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुई टिमले उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा एकताले होली गार्डेन इङ्लिस स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको प्लेयर अफ दि म्याच एकताकी स्मृति श्रेष्ठ घोषित भईन् ।

यसैगरी दोस्रो सेमिफाइनल खेलमा सेन्ट जोन्सले पाथीभरा इङ्लिस स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । सेन्ट जोन्सकी एन्जल लामा खेलको प्लेयर अफ दि म्याच घोषित भईन् ।

दुई टिमबीचको फाइनल खेल मंसिर २१ गते हुने एकता स्कुलका शिक्षक मौसम कोईरलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्