सिमरा जेसीजमा नेतृत्व परिवर्तन, अधिकारी बने वर्ष २०२६ को अध्यक्ष


eShilalekh

२० मंसिर २०८२, शनिबार २०:१२

सिमराः सिमरा जेसीजले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ । जेसीजले आगामी वर्षका लागि सुमित अधिकारीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

समितिको कार्यकारिणी उपाध्यक्षमा भरत आचार्य र रामपुकार चौधरी चयन भएका छन् । यसैगरी उपाध्यक्षमा रविन शाह, रुपम शर्मा, विवेक साह र सुनिल साहलाई चयन गरिएको निर्वाचन अधिकृत लक्की रिमालले जानकारी दिए ।

समितिको महासचिवमा संजीव सुवेदी, कोषाध्यक्षमा रेवती देवकोटा र कानुनी सल्लाहकारमा मनीष न्यौपानेलाई मनोनित गरिएको छ । अध्यक्ष अधिकारीले महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार मनोनित गरेका हुन् ।

नवनिर्वाचत समितिले एक समारोहकाबीच पदस्थापन गर्नेछन् । नवनिर्वाचित समितिका पदाधिकारीलाई जेसीजका शालिकराम अधिकारीले प्रशिक्षण समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्