रोशनी झा मृत्यु प्रकरणमा थप दुई जना पक्राउ


eShilalekh

२४ मंसिर २०८२, बुधबार १५:२९

सिमराः धनुषा प्रहरीले रोशनी झा मृत्यु प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम ३ स्थित देवान पोखरी क्षेत्रका ४५ वर्षीय सचिन झा र उनका छोरा १५ वर्षीय प्रतीक झा रहेका छन् ।

यसअघि मृतक रोशनी झाका श्रीमान प्रशान्त मिश्रलाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बलमे जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित कटैया चौरी घर भएका प्रशान्त मिश्रको श्रीमती रोशनी झाको मंसिर १२ गते बिहीबार राति मृत्यु भएको थियो ।

मृत्यु प्रकरण शंकास्पद मात्र नभइ हत्या भएको मृतकका माइती पक्षले दाबी गर्दै न्यायको माग सहित विभिन्न चरणको आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्