मधेश प्रदेशका मुख्यमन्त्री यादवले मंसिर २७ गते विश्वासको मत लिने


eShilalekh

२४ मंसिर २०८२, बुधबार १५:४२

सिमराः मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी मंसिर २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

मंसिर २४ गते विश्वासको मत लिने तयारी भए पनि मुख्यमन्त्रीको कार्यव्यस्तताका कारण मिति सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

यसअघि सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले मंसिर २४ गते नै विश्वासको मत लिने निर्णय गरेको थियो।

नेपाली कांग्रेसबाट यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले मंसिर २१ गते तीन मन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिएका थिए।

यादवसँगै जनमत पार्टीका महेश यादवले अर्थमन्त्रीका रूपमा, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेलले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए। विश्वासको मतका लागि अहिले सानो आकारको मन्त्रिपरिषद गठन गरिएको र विश्वासको मतपछि मन्त्रालयहरूको बाँडफाँड टुंग्याइने मुख्यमन्त्री निकट श्रोतले जनाएको छ।

विश्वासको मतपछि मन्त्रिपरिषदको विस्तार हुँदै अन्य दल पनि सरकारमा सहभागी हुने जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्