प्रतिनिधिसभा निर्वाचनका लागि बारा ४ बाट युवा नेता गुप्ताको नाम सिफारिस

सिमरा: नेपाली कांग्रेसका युवा नेता एवम् जीतपुरसिमराका पूर्व नगरसभापति श्यामबाबु गुप्ता प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन्।
पर्सौनीमा बसेको नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिको बैठकले गुप्तासहित सात जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो। सिफारिस हुने अन्यमा शोभाकर पराजुली, कृष्णव्रत सिंह, बृजलाल यादव, नवराज त्रिपाठी, राजकिशोर गुप्ता र दीपेन्द्र पटेल रहेका छन् ।
सिफारिस भएकामध्येका गुप्ता युवामाझ लोकप्रिय छन् । गुप्ता सामाजिक गतिविधिमा समेत सक्रिय हुँदै आएका छन् । जीतपुरसिमरा २ घर भएका उनी २०७४ र २०७९ सालको स्थानीय निर्वाचनमा मेयरको आकांक्षी थिए ।





