यूआर अटोमेटिक लण्ड्रीद्वारा टोल विकास संस्थालाई डस्टबिन सहयोग

सिमरा: रत्ननगर नगरपालिका ६ सौराहास्थित यूआर अटोमेटिक लण्ड्रीले बिहीबार स्थानीय गौरीगाई टोल विकास संस्थालाई १० वटा डष्टविन सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ प्रयोजनार्थ लण्ड्रीले डष्टविन सहयोग गरेको हो ।
शाखा कार्यालयमा भएको कार्यक्रममा लण्ड्री संचालक तथा युवा समाजसेवी उमेश चौलागाई र वडासदस्य गोपीकृष्ण विडारीले टोल विकास संस्थाका अध्यक्ष मीनप्रसाद चापागाईलाई डष्टविन हस्तान्तरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडासदस्य विडारीले बाराबाट आएर सौराहामा व्यवसाय संचालन गर्दै आएका चौलागाईले समाजप्रति देखाएको सहयोगी भावना अनुकरणीय रहेको बताएका छन् ।
संचालक चौलागाईले वातावरण संरक्षण र सामाजिक दायित्व बोध गर्दै आगामी दिनमा पनि यस्तै गतिविधिमा सहकार्य गर्न तयार रहेको बताए। समितिका अध्यक्ष चापागले प्रदान गरिएको डस्टबिनको प्रभावकारी सदुपयोग गर्ने प्रतिबद्धता जनाए।
सिमराका युवा व्यवसायी चौलागाईंले १४ महिना अघि सौराहमा सेवा विस्तार गरेका थिए । चौलागाईं सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् ।





