सर्लाहीमा नक्कली नोटसहित एक जना पक्राउ

सर्लाहीः प्रहरीले सर्लाहीको विष्णु गाउँपालिकामा बुधबार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कौडेना गाउँपालिका ५ छपकैयाका ३० वर्षीय फिरोज खान रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले खानलाई नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल रोकेर जाँच गर्दा नक्कली नोट फेला परेको थियो ।
नक्कली नोटसहित पक्राउ परेका खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





