रौतहटमा ११ लाख लाखभन्दा बढी नगदसहित एक जना पक्राउ


eShilalekh

२६ मंसिर २०८२, शुक्रबार १६:४३

रौतहटः प्रहरीले रौतहटको मौलापुर नगरपालिका ३ बाट शुक्रबार बिहान स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका ११ भवानीपुरका ३६ वर्षीय मुन्ना प्रसाद जयसवाल रहेका छन् । प्रहरीले उनलाई ११ लाख ४७ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म.प्र–०३–०३३ प ३११० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त नगद बरामद भएको हो ।

नगदसहित पक्राउ परेका जयसवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्