वीरगन्ज कारागारका कैदीको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु


eShilalekh

२६ मंसिर २०८२, शुक्रबार १६:५४

वीरगन्जः वीरगन्ज कारागारमा रहेका एक कैदीको शुक्रबार दिउँसो नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १२ मुर्लीका ३७ वर्षीय अनिल महत्तो रहेका छन्।

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदीका अनुसार महत्तो पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहका बिरामी थिए। स्वास्थ्यमा समस्या देखिएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरीले उनलाई शुक्रबार दिउँसो करिब १ बजे उपचारका लागि नारायणी अस्पताल लगिएका थिए।

उपचारका क्रममा नै शुक्रबार दिउँसो करिब २ बजे महत्तोको मृत्यु भएको सुबेदीले बताए।

प्रहरीका अनुसार महत्तो सवारी ज्यान मुद्दामा अदालतबाट तिन वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय पाई वीरगन्ज कारागारमा सजाय काटिरहेका थिए। उनको कैद अवधि आउँदो चैतमा सकिन लागेको थियो।

प्रतिक्रिया दिनुहोस्