मधेश प्रदेशका मुख्यमन्त्री यादव पुस ४ गते विश्वासको मत लिने तयारीमा


eShilalekh

२९ मंसिर २०८२, सोमबार १५:५३

सिमराः मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले विश्वासको मत लिने विषयमा सत्ता गठबन्धनभित्र छलफल अघि बढाएका हुन् । विश्वासको मतको तयारीका लागि सोमबार बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बसेको थियो ।

बैठकपछि पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसअघि २ पुसमा प्रदेशसभाको सभामुख चयनका लागि निर्वाचन हुने जनाईएको छ ।

प्रदेशसभामा नेकपा (एमाले)बाट निर्वाचित तत्कालीन सभामुख रामचन्द्र मण्डललाई दुईतिहाइ बहुमतले हटाइएपछि सभामुख पद हाल रिक्त रहेको छ । हाल उपसभामुख बबिता राउत इशरले सभामुखको भूमिका निर्वाह गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्