ज्वाला साहले दिइन् केन्द्रीय सदस्यमा उम्मेदवारी

सिमरा: नेकपा एमालेकी नेतृ ज्वालाकुमारी साहले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन् । साहले केपी ओलीको समूहबाट उम्मेदवारी दिएकी हुन् ।
साह पूर्व मन्त्री एवम् एमालेको पोलिटव्युरो सदस्य तथा बारा इन्चार्ज हुन् । उनी बारा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन् ।
साहले मधेश प्रदेशको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेकी छिन् । उनी विभिन्न पटक मन्त्री समेत भइसकेकी छिन् ।





