जीतपुरसिमरामा उपप्रमुखसहित ७८ जनाले गरे राजीनामा


eShilalekh

११ बैशाख २०७९, आईतवार २०:२३

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरीसहित ७८ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् ।

उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उपप्रमुख चौधरीले आईतवार राजीनामा दिएकी हुन् । चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकी थिइन् ।

उमेदवार मनोनयन अघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । उपप्रमुख चौधरीले आसन्न स्थानीय निर्वाचनमा नगर प्रमुखमा दावी गरेकी छिन् ।

निर्वाचन अधिकृतको कार्यालयको अनुसार आईतवार साँझसम्म उपप्रमुखसहित १६ वडाध्यक्ष र ६१ सदस्यले राजीनामा दिएका छन् ।

४४ जनाले गरे उम्मेदवार मनोनयन (सूचिसहित)

निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन गरिदै ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न साना दल र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक महिलासहित १० जनाले वडाध्यक्ष, १८ जनाले वडासदस्य, ९ जनाले महिला सदस्य र सात जनाले दलित महिला सदस्यमा उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्