मधेस प्रदेशका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण


eShilalekh

७ पुष २०८२, सोमबार १३:१०

जनकपुरधाम: मधेस प्रदेशका नवनियुक्त सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन्। सभामुख यादवले सोमबार प्रदेश सभा कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि बोल्दै सभामुख यादवले सुशासन र पारदर्शितालाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन्। उनले मधेस प्रदेशसभा आन्दोलनको प्रतीक भएको उल्लेख गर्दै प्रदेशसभा पहिचानमा आधारित संस्थाका रूपमा स्थापित रहेको बताए।

सभामुख यादवले भने, “मधेस प्रदेशसभा आन्दोलनको प्रतीक हो। प्रदेशसभा पहिचानमा आधारित छ। मेरो पहिलो प्राथमिकता सुशासन र पारदर्शिता हो।”

उनले प्रदेशसभालाई जनताको विश्वास जित्ने संस्थाका रूपमा विकास गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्