राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारको खर्च सीमा साढे तीन लाख रुपैयाँ तोकियो


eShilalekh

१३ पुष २०८२, आईतवार १८:५०

सिमराः निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले अधिकतम साढे तीन लाख रुपैयाँ मात्र खर्च गर्न पाउने गरी खर्च सीमा निर्धारण गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै खर्च गर्न पाइने शीर्षक र सीमाबारे स्पष्ट व्यवस्था गरेको हो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवारले खर्च व्यवस्थापनका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ। सबै खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी उम्मेदवारले आफ्नो तर्फबाट खर्च व्यवस्थापन गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ। उक्त पदाधिकारीको विवरणसहितको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने आयोगले जनाएको छ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय भएको छ। आयोगले खर्च पारदर्शिता र निर्वाचनको स्वच्छता कायम गर्न खर्च सीमाको कडाइका साथ पालना गर्न सबै उम्मेदवारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्