जीतपुरसिमराः एमालेबाट चौधरी र अधिकारीले गरे उम्मेदवारी दर्ता


eShilalekh

१२ बैशाख २०७९, सोमबार १६:१५

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

एमालेका नेताकार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएकी हुन् । चौधरीको प्रस्तावक चन्द्रलाल (मनोज) पौडेल र अनिल मैनाली समर्थक रहेका छन् ।

सरस्वती देवी चौधरी

२०७४ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी चौधरीलाई एमालेले नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । चौधरी एमाले केन्द्रीय सदस्य र बारा जिल्ला सहइन्चार्ज हुन् ।

यसैगरी उपप्रमुख पदमा भोलाप्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख पद महिलालाई दिएको एमालेले उपप्रमुख पदको उम्मेदवार अधिकारीलाई बनाउने निर्णय गरेको हो । अधिकारीको प्रस्तावक चुडामणी गौतम र समर्थक समिर लुईटेल रहेका छन् ।

अधिकारी एमाले जिल्ला कमिटी सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कमिटी अध्यक्ष हुन् । अधिकारी पिपरा सिमरा गाविसको निवर्तमान अध्यक्ष समेत हुन् । उनले २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा जित हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्