कांग्रेसको समानुपातिक सूचीमा बाराबाट पत्रकार दाससहित तीन जना

सिमराः फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन्। यसै क्रममा नेपाली कांग्रेसले पनि आफ्नो समानुपातिक सूची निर्वाचन आयोगमा पेस गरेको छ।
कांग्रेसले बुझाएको एक सय १० जना उम्मेदवारको सूचीमध्ये मधेश प्रदेशबाट २० जनाको नाम समावेश गरिएको थियो। तर सूचीमा पूर्व राष्ट्रपति डा. रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादवको नाम दोहोरिएपछि एक नाम हटाइएको छ। दोहोरिएको नाम हटाएपछि मधेश प्रदेशका ८ जिल्लाबाट १९ जनाको नाम अन्तिम सूचीमा परेको छ।
कांग्रेसले मधेश प्रदेशअन्तर्गत बाराबाट पत्रकार प्रियंका दाससहित तीन जनाको नाम सिफारिस गरेको छ। बाराबाट प्रियंका दास, रामनरेश कुशवाहार राजेन्द्र अग्रवाल समानुपातिक सूचीमा परेका हुन् । दास नेपाल पत्रकार महासंघ बाराको महिला उपाध्यक्ष हुन् ।

कांग्रेसको सूची अनुसार धनुषाबाट ६, महोत्तरीबाट २, सप्तरीबाट ३, रौतहटबाट २ तथा सिरहा, सर्लाही र पर्साबाट एक–एक जनाको नाम सिफारिस गरिएको छ। धनुषाबाट डा. चन्द्रमोहन यादव, मनहरी श्रेष्ठ, रामसुन्दर महरा, प्रमिला महतो, औरमिला यादव र रामानन्द चौधरी (ललन), महोत्तरीबाट कञ्चनकुमारी पासवान र निनु कर्ण, सप्तरीबाट कविता यादव, चन्दन झा र महेन्द्र यादव, सिरहाबाट उषा राउत मिश्र, सर्लाहीबाट मो. अन्सार खाँ, पर्साबाट सुजाता देवी र रौतहटबाट सहनाज खातुन, सीता थपलिया सूचीमा परेका छन्।





