बारामा दुई किलोभन्दा बढी अफिमसहित तीन जना पक्राउ


eShilalekh

२५ पुष २०८२, शुक्रबार १३:२८

सिमराः बारा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका ७ का ३८ वर्षीय निलेश पटेल कुर्मी वीरगन्ज महानगरपालिका ११ का ३२ वर्षीय जौवाद अहमद र बिन्दावासनी गाउँपालिका २ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले बाराको प्रसौनीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रसौनी गाउँपालिका १ नकटुवा स्थित सडकखण्डमा पतञ्जलीबाट नकटुवा तर्फ जाँदै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको भारतीय कारलाई प्रहरीले रोकेर जाँच गरेको थियो ।

जाँच गर्दा कारको पछाडिको सिटमा लुकाएर राखिएको दुई किलो २४ ग्राम (दुई पोका) अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बरामद लागूऔषध अफिमसहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्