परवानीपुर मोटरसाइकल दुर्घटना: मृतकको परिचय खुल्यो


eShilalekh

२७ पुष २०८२, आईतवार २०:२०

सिमराः परवानीपुर बाइपास सडकखण्डमा शुक्रबार राति फोरक्लिप र मोटरसाइकल ठोक्किँदा ज्यान गुमाएका युवकको परिचय खुलेको छ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका युवक वीरगंज महानगरपालिका ३२ चोर्नीका ३२ वर्षीय विशाल महतो रहेका छन्।

परवानीपुर–ड्राइपोर्ट बाइपास सडकखण्डमा प्रदेश २–०३–०२३ प ७१ नम्बरको पल्सर मोटरसाइकल मालसामान लोड गर्ने फोरक्लिपसँग ठोक्किँदा महतो गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते अवस्थामा रहेका महतोलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले फोरक्लिप चालकलाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार नारायणी अस्पतालमा शल्यपरीक्षण सम्पन्न भएपछि मृतकको शव परिवारजनको जिम्मा लगाइनेछ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्