सिरहामा लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ


eShilalekh

२७ पुष २०८२, आईतवार २१:३३

सिरहाः सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं २ का २२ वर्षीय श्रवनकुमार कामैत रहेका छन् ।

इलाका प्रहरी कार्यालय महेशपुरपतार र इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले नवराजपुर गाउँपालिका ५ झाझपट्टीस्थित सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०१–००२ प १६०८ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा कामैतले लगाएको ज्याकेटको खल्तीमा स्टिलको बट्टाभित्र लुकाई राखिएको अवस्थामा ३९.९० ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका कामैतमाथि लागुऔषध मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्