जीतपुरसिमरा २ का वडाध्यक्ष श्रेष्ठलाई पितृशोक


eShilalekh

२८ पुष २०८२, सोमबार १७:५०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठलाई पितृशोक परेको छ । वडाध्यक्ष श्रेष्ठको बुवा रामबहादुरको ८७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

श्रेष्ठ केही समयदेखि अस्वस्थ रहेका थिए । स्वर्गीय श्रेष्ठको औराहस्थित दुधौरा खोलामा अन्त्येष्टी गरिएको छ ।

अन्त्येष्टीमा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका स्थानीय नेता, जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्