कांग्रेस विशेष महाधिवेशनः बाराका मन्सुर सहमहामन्त्रीमा दोहोरिए, तीन केन्द्रीय सदस्य नयाँ

सिमराः नेपाली कांग्रेसको विशेष महाधिवेशनले बुधबार राति निर्वाचित गरेको केन्द्रीय कार्यसमितिमा बाराका चार जना परेका छन् । गगन थापाको नेतृत्वको गठित केन्द्रीय समितिमा फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा दोहोरिदा तीन नयाँ अनुहार केन्द्रीय सदस्यमा अटाएका छन् ।
कांग्रेसको केन्द्रीय सदस्यमा बारा जीतपुरसिमराकी मधु शाही ठकुरी, निजगढका शम्भुबहादुर बुढाथोकी र कलैयाका रामानन्द यादव चयन भएका हुन् । शाही २०७० सालको संविधान सभाकी सदस्य हुन् भने बुढाथोकी २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. ६ बाट कांग्रेसको प्रत्यक्षतर्फका उम्मेदवार थिए ।




