नेपाल प्रहरी श्रीमती संघद्वारा बारामा २३० विपन्नलाई ब्लाङ्केट वितरण


eShilalekh

१ माघ २०८२, बिहीबार १८:०२

सिमराः नेपाल प्रहरीको श्रीमती संघले बिहीबार बाराको गञ्जभवानीपुरमा ब्लाङ्केट वितरण गरेको छ । चिसोबाट प्रभावित अति विपन्न दुई सय ३० जनालाई संघले एक कार्यक्रमकाबीच ब्लाङ्केट वितरण गरेको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलगायतले ब्लाङ्केट वितरण गरेका थिए । बारा महागढीमाई नगरपालिका ३, १०, ४, ५ र करैयामाई गाउँपालिका ३ नम्बर वडाका एकल महिला, अपाङ्ग, असहाय, अति विपन्न व्यक्तिलाई ब्लाङ्केट वितरण गरिएको हो ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलिया, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव, बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्