पोखरियाका विपन्न परिवारलाई ब्लाङ्केट वितरण

सिमराः नेपाल प्रहरी श्रीमती संघले बिहीबार पर्साको पोखरिया नगरपालिकाका दुई सय विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरेको छ । चिसोबाट प्रभावित विपन्न परिवारको पहिचान गरी संघले ब्लाङ्केट वितरण गरेको हो ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्की विपन्न बस्तीमै पुगेर ब्लाङ्केट वितरण गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलिया, पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन प्रसाद चौहान, बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीलगायत उपस्थित थिए ।
यसैबीच प्रहरी महानिरीक्षक कार्कीले वीरगन्जस्थित मानव सेवा आश्रम पुगेर फलफुल वितरण गरेका थिए ।
प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी निकायलाई सुरक्षा व्यवस्थाका विषयमा आवश्यक निर्देशन समेत दिएका थिए ।






