पत्रकार साहमाथी जीतपुरमा कुटपिट


eShilalekh

५ माघ २०८२, सोमबार १०:२१

सिमरा: स्पर्श खबरका संचालक पत्रकार मनोज साहमाथी सोमबार बिहान कुटपिट भएको छ ।  जीतपुर घर भएका साहलाई ३-४ जनाको समूहमा रहेका व्यक्तिले कुटपिट गरेका हुन् ।

साहको अनुहार र आँखामा चोट लागेको छ । सामाजिक संजालमा स्टाटस लेखेको विषयलाई लिएर स्थानीय कपुरराज पुरीसहितका व्यक्तिले कुटपिट गरेको साहले बताएका छन् । स्टाटसको विषयमा विवाद गर्दै आफूमाथि हातपात गरिएको साहको भनाइ छ ।

साहमाथी कुटपिटमा संलग्न पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ बारा, प्रेस चौतारी नेपाल बाराले पत्रकार साहमाथी भएको कुटपिट घटनाको विरोध गर्दै दोषीमाथी कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्