संघीय चुनाव लड्न बारामा वडासदस्यले दिए राजीनामा

सिमरा: फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बारा कलैया उपमहानगरपालिका वडा नं. १ का वडासदस्यले राजीनामा दिएका छन् ।
सर्वेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टीबाट चुनाव लड्न वडासदस्य शशी दासले सोमबार राजीनामा दिएका हुन् । बारा क्षेत्र नं. ३ बाट चुनाव लड्ने तयारी गरेका दासले नगर प्रमुख विनोद साहलाई राजीनामा बुझाएका छन् ।
दास समुन्नत पार्टीका केन्द्रीय सदस्य हुन् । उनि २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए ।





