अधिकारीलाई पछि पार्दै रहबरले लिए बारा ४ मा रास्वपाको टिकट

सिमरा: नेकपा माओवादी केन्द्र परित्याग गरेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नं. ४ मा चुनाव लडने भएका छन् ।
रास्वपाले अन्सारीलाई बारा ४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारको टुंगो लगाउन सभापति रवि लामिछाने आफैं सिमरा आएका थिए ।
बारा ४ मा उम्मेदवार बन्न व्यवसायी इच्छाबहादुर वाग्ले, शिक्षक शालिकराम अधिकारीलगायतका व्यक्ती आकांक्षी देखिन्थे । अधिकारी उम्मेदवार बन्नकै लागि पहिलो पटक राजनीतिक दलमा खुलेर आएका थिए । युवाहरुको समर्थन पाएका अधिकारीको नाम चर्चामा थियो ।
रास्वपाबाट चुनाव लड्न लागेका अन्सारी पर्साका हुन् । उनी २०७९ सालमा पर्सा क्षेत्र नं. १(१) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर अन्सारी चुनाव लड्न बारा आएका हुन् ।





