पहिलो पटक चुनाव लड्दै कांग्रेसका युवा नेता गुप्ता


eShilalekh

६ माघ २०८२, मंगलवार ०९:५८

सिमरा: नेपाली कांग्रेसका युवा नेता श्यामबाबु गुप्ताले बारा ४ बाट उम्मेदवारी दिने भएका छन् । कांग्रेसले गुप्तालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गुप्ता टिकट लिएर सोमबार राती नै सिमरा आएका छन् । उनले दिउँसो १ बजे निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्नेछन् ।

कांग्रेसको जीतपुरसिमरा उपमहानगरको सभापति भइसकेका गुप्ता युवामाझ लोकप्रिय छन् । यसअघिको स्थानीय तह निर्वाचनमा जीतपुरसिमराको मेयर बन्न इच्छा देखाएका गुप्तालाई कांग्रेसले प्रतिनिधिसभा उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्