बारा क्षेत्र नं. ४ मा नेकपाबाट अजय कुशवाहाले गरे मनोनयन दर्ता


eShilalekh

६ माघ २०८२, मंगलवार १३:१७

सिमराः बारा क्षेत्र नं.४ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अजय कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् । कुशवाहाले राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रको कार्यालय जीतपुरमा पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

बारा प्रसौनी २ का २६ वर्षीय कुशवाहा युवा पुस्ताका प्रतिनिधि तथा राष्ट्रिय बास्केटबल खेलाडी हुन् । उनले सन् २०१७ यता इन्डोनेसिया, माल्दिभ्स, श्रीलंका, भारत र बंगलादेशमा नेपालका तर्फबाट निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव बटुलेका कुशवाहालाई पार्टीले युवा र नयाँ पुस्ताको प्रतिनिधिका रूपमा अघि सारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्