बारा क्षेत्र नं. ३ बाट एमाले नेतृ ज्वाला कुमारी साहको उम्मेदवारी दर्ता

सिमराः नेकपा (एमाले) की नेतृ ज्वाला कुमारी साहले बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । साहले मंगलबार बिहान जिल्ला निर्वाचन कार्यालय बारा पुगेर आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।
उम्मेदवारी दर्ताका क्रममा पार्टीका स्थानीय नेता कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साहले उम्मेदवारी दर्ता गर्ने क्रममा स्थानीय विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा सामाजिक समावेशीकरणका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार उम्मेदवारी दर्तासम्बन्धी सबै आवश्यक कागजातहरू पूर्ण रूपमा बुझाइएको छ ।





