बारा क्षेत्र नं. ४ बाट रास्वपाका रहबर अंसारीले गरे उम्मेदवारी दर्ता


eShilalekh

६ माघ २०८२, मंगलवार १५:२२

सिमरा: बारा निर्वाचन क्षेत्र नं. ४ बाट रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का नेता रहबर अंसारीले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गरेका छन्।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र पर्साबाट विजयी भएका अंसारीले हाल माओवादीको केन्द्रीय सदस्य र प्रदेशसभा सदस्य पद छोडेर रास्वपा प्रवेश गरेका हुन्।

अंसारीले करिब एक महिनाअघि मात्र माओवादी केन्द्रबाट राजीनामा दिएका थिए।

जनप्रतिनिधिको अनुभवलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रयोग गर्दै उनी जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्