रौतहट ३ मा नेकपाकी पुनम देवीले गरिन् उम्मेदवारी दर्ता


eShilalekh

७ माघ २०८२, बुधबार ०७:१५

सिमरा: रौतहट क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार पुनम देवी (यादव) ले उम्मेदवारी दर्ता गरेकी छिन् । निर्वाचन कार्यालयमा कार्यकर्तासहित पुगेकी पुनमले उम्मेदवारी दिएकी हुन् ।

पुनम रौतहट ३ मा लोकप्रिय छिन् । उनी सामाजिक गतिविधिमा सक्रिय छिन् ।

उम्मेदवारी दर्ता गराएकी पुनमले सामाजिक संजालमार्फत आफूलाई सहयोग गर्न अपील गरेकी छिन् । उनले आफू रहरले भन्दा पनि अरुले नगरेका कारण अघि सरेको प्रतिक्रिया दिएकी छिन् ।

`म रहरले होइन, अरुले नगरेर बाध्यताले अघि सरेकी हुँ। अहिले फाट्ने होइन, एक हुने समय हो। राष्ट्र जोगाउन भए पनि मलाई साथ दिनुहोस्´ पुनमले सामाजिक संजालमा लेखेकी छिन ।

प्रतिक्रिया दिनुहोस्