जीतपुरसिमरा: १७ वटा वडाका वडाध्यक्ष दोहोरिएर उम्मेदवार (सूचिसहित)


eShilalekh

१७ बैशाख २०७९, शनिबार १६:०२

सिमरा: २०७४ सालको स्थानीय तहको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वडामा निर्वाचित वडाध्यक्षमध्ये १७ जनाले दोहोरिएर उम्मेदवारी दिएका छन् ।

बैशाख ३० गते हुने निर्वाचनका लागि विभिन्न पार्टीबाट १७ जना वडाध्यक्षले राजिनामा गरेर पुनः उम्मेदवारी दिएका हुन् । दोहोर्‍याएर उम्मेदवारी दिनेमा नेकपा माओवादी केन्द्रका सात वडाध्यक्ष छन् भने नेकपा एमालेको चार, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीको तीन-तीन जना छन् ।

उपमहानगरपालिकाको सात वडामा निर्वाचित वडाध्यक्षले भने दोहोरिएर उम्मेदवारी दिएनन् । दोहोर्‍याएर उम्मेदवारी नदिने वडाध्यक्षमा एमालेका चार, माओवादीका दुई र कांग्रेसका एक जना छन् ।

दोहोर्‍याएर उम्मेदवारी दिने उम्मेदवारः

दोहोर्‍याएर उम्मेदवारी नदिनेहरुः

बैशाख ३० गते हुने निर्वाचनका लागि २४ वटै वडाका सम्पूर्ण उम्मेदवारः

प्रतिक्रिया दिनुहोस्