बिजुलीको पोलमा स्कुटर ठोक्किँदा घाइते भएका न्यौपानेको निधन

सिमराः बिजुलीको पोलमा स्कुटर ठोक्किँदा घाइते भएका जीतपुरसिमरा उपमहानगरपालिका–३ का ४१ वर्षीय कृष्ण न्यौपानेको उपचारका क्रममा निधन भएको छ । न्यौपानेको दुर्घटनाको ११औं दिनमा बुधबार राति निधन भएको हो ।
उनलाई वीरगन्जबाट थप उपचारका लागि काठमाडौं पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । न्यौपानेको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको थियो । चिकित्सकले काठमाडौं लैजान सुझाव दिएपछि परिवारले काठमाडौं लगेका थिए ।
कार्तिक २२ गते लक्ष्मीपूजाका दिन जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित मुसर्नीमाई मन्दिर नजिक ढलान सडकमै रहेको बिजुलीको पोलमा स्कुटर ठोक्किँदा न्यौपाने गम्भीर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।





